भविष्यको चिन्ता आवश्यक छैन, एमाले भित्रबाटै शक्ति निर्माण सम्भव छ : शंकर पोखरेल


२५ जेष्ठ २०७९, बुधबार
shankar pokhrel scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी भविव्यको चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका छन् । एमालेभित्रबाटै राष्ट्रिय शक्ति निर्माण सम्भव भएको महासचिव पोखरेलको भनाई छ ।

सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले आग्रहपूर्ण विचार प्रवाह नगर्ने र इमान्दारितापूर्वक लाग्दा पार्टी भविष्यको चिन्ता लिनुपर्ने अवस्था नभएको बताएका हुन् ।

‘नेकपा (एमाले) को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूणर् विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भनेका छन् । ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७