अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल नेपाल आउँदै


२५ जेष्ठ २०७९, बुधबार
amaraka falna napal
तस्विर विक्कीपिडिया

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमाण्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन नेपाल आउने भएका छन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट बिहीबार नेपालको चार दिने भ्रमणका लागि आउने भएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ । फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइनसकेको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिएका छन् ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल आउन लागेका हुन् । मन्त्रिपरिषदले प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७