बलात्कार र हिंसाका घटना टुलुटुलु हेरर बस्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद विक


२५ जेष्ठ २०७९, बुधबार
21 Shares
aasha bk 1627375575

काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै तत्काल गृहमन्त्री खाँणले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७