सरकारलाई सांसदमा योगेश भट्टराईको प्रश्न : मल खोज्न गएका कृषिमन्त्री फर्किए कि भारतमै निर्वासित भए ?

‘सरकारले माल नबुझेसम्म मल आउँदैन’


२५ जेष्ठ २०७९, बुधबार
Yogesh Bhattarai

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले रासायनिक मल अभावले किसान पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको बताएका छन् ।

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न उठाएका छन् । धान, मकैसहितका बर्खे बालीका लागि आवश्यक मल ल्याउन नसकेको सरकारले त्यसमै माल खोजिरहेको आरोप लगाए छन् ।

उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको बताएका छन् । ‘रासायनिक मल खोज्न कृषिमन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौं’, उनले थपे, ‘मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ ।’ ‘यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजेको छ’, उनले भने, ‘सरकारले माल नबुझेसम्म मल आउँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७