बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास


२५ जेष्ठ २०७९, बुधबार
banchare danda

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधबार पनि बञ्चरेडाँडामा स्थानीयले ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढापछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७