प्रदेश-१ सरकारको नीति तथा कार्यक्रम : एक पालिका एक उत्पादन, एक गाउँ एक उद्यम (पूर्णपाठ)


२५ जेष्ठ २०७९, बुधबार
khapung

मोरङ । प्रदेश-१ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परशुराम खापुङले एक पालिका एक उत्पादनलाई जोड दिने सरकारको नीति रहेको जानकारी गराएका छन् ।

नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारको निर्माण गर्ने, मुन्धुम पदमार्ग अन्तर्गत ८७ किलोमिटर पदमार्गको स्तरोन्नति गर्ने उल्लेख छ । सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष कृषि तथा पशुधन बीमा, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिइने खापुङले बताए ।

किसानलाई कृषि र मौसम सूचना गरिने, किसान सूचीकृत गर्न सबै स्थानीय तहमा पुर्याउने, किसान परिचय पत्रको आधारमा सरकारले दिने सुविधा केन्द्रित गर्ने भनिएको छ । कृषि सहकारी, समूह मार्फत एक पालिका एक उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने, पशुपंक्षी र माछाको नस्ल सुधार कार्यक्रम पनि सञ्चालन गरिने नीति तथा कार्यक्रमले लिएको छ ।

नीति तथा कार्यक्रममा प्रदेश १ लाई खोरेत रोगमुक्त प्रदेश बनाइने उल्लेख छ । कृषिसँग जोडेर युवालाई स्वरोजगार मूलक विशेष कार्यक्रम सञ्चालन गरिने सरकारको नीतिमा भनिएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उद्योगमैत्री वातावरण, उद्योग वाणिज्य प्रशासन सेवालाई अनलाइन गरिने, औद्योगिक प्रोफाइल बनाइने उल्लेख गरिएको छ । महत्वपूर्ण आयोजना भित्र्याउन बृहत् लगानी सम्मेलन गर्ने भनिएको छ ।
प्रदेशभित्र अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नको लागि औद्योगिक ग्रामको विकास गर्न अध्ययन गर्ने भनिएको छ । घरेलु उद्यमको संरक्षण गर्न एक गाउँ एक उद्यम सञ्चालन गरिने सरकारको नीतिले भनेको छ ।
पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७