प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास हुँदैन, समय लाग्छ : झलनाथ खनाल


२५ जेष्ठ २०७९, बुधबार
jhalanath khanal

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास हुने खालको नभएको बताएका छन् ।

आज (बुधबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले महाअभियोग प्रस्ताव पेश गर्ने वित्तिकै पारित नहुने बताएका हुन् । ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडि आएको छ । प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पुर्‍याउने कुरा हो नि त । समय अझै छ’ उनले भने ।

नेता खनालले महाअभियोग प्रस्ताव अघि बढाउन महाअभियोग सिफारिस समितिले पनि चासो देखाउनुपर्ने बताए । ‘समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो’ खनालले थपे, ‘त्यो समितिले आफ्नो उत्तरदायित्व पूरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्‍यो । अनि संसदले काम गर्नुपर्‍यो । त्यसपछि त अगाडि बढिहाल्छ नि ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७