टुकुचा खोलाले बगायो मोटरसाइकल, चालकको उद्धार


२५ जेष्ठ २०७९, बुधबार
Bhaktapur Badhi 14
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिका-२ स्थित टुकुचा खोलाले मान्छेसहित मोटरसाइकल बगाएको छ । बुधबार अपरान्ह लाजिम्पाटस्थित नीलसरस्वती स्थान नजिकै बाढीले बगाएको हो ।

मोटरसाइकल चालक धापासीका २१ वर्षीय सुरज अर्याललाई तत्काल उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । बागमती प्रदेश ०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला नपरेको र खोजि भइरहेको एसपी मैनालीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७