उपसभामुख पद नचाहिने हो भने खारेज गरौं : अमरेशकुमार सिंह


२५ जेष्ठ २०७९, बुधबार
amresh kumar shingh

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गरेका हुन् ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहले प्रश्न गरेका छन् । २०७६ माघ १२ गतेदेखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७