काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो, खुल्यो आवेदन


२५ जेष्ठ २०७९, बुधबार
chulo

काठमाडौँ । काठमाडौंमा कोठा भाडामा बसिरहेका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो ( इन्डक्सन) बाँड्नका लागि भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन मागेको छ ।

सरकारी र सामुदायिक शिक्षण संस्थाको विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्ने केन्द्रले जनाएको छ । यो सुविधा लिन विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पत्र बुझाउनु पर्ने जनाइएको छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ ।

यसअघि केन्द्रले अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो बाँड्ने भन्दै निवेदन मागेको थियो । त्यसका लागि करिब १० हजार आवेदन परेका थिए । तर त्यो बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडेको छैन । यद्यपि अघिल्लोपटक निवेदन दिएका विद्यार्थीले फेरि निवेदन दिन नपाउने केन्द्रले जनाएको छ । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

suchana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७