हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिद्वारा छानबिन


२६ जेष्ठ २०७९, बिहीबार
28 Shares
Tribhunvan University TU

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक-पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ । त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्रिवि मानविकी सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समिति समक्ष आग्रह गरिसकेको जानकारी दिइन् । ‘हामीले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिसकेका छौं’, उनले भनिन्, ‘अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि हामी सचेत छौँ ।’

ncll 2

त्रिविले विज्ञ समूहबाट प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीको कारणले अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्ने बताए । ‘आज नै मानविकी सङ्कायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु’, उनले भने, ‘छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ ।’

jagdamba.cement

उनले परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७