नाग्दी खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध


२६ जेष्ठ २०७९, बिहीबार
pahiro thankot
फाइल फोटो

चितवन । पृथ्वी राजमार्गको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।

अहिले बिहानबाट पहिरो हटाउन शुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।

यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७