सेफ्टी ट्यांकीमा खसेर दुईको मृत्यु


२६ जेष्ठ २०७९, बिहीबार
death

चितवन । चितवनको भरतपुर महानगरपालिका-१९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन् ।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्यांकीमा खसेपछि उद्धार गर्न ट्यांकीभित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्यांकीमा पसेर मृत्यु भएको हो । उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्यांकी सरसफाइ गर्ने काम गर्दै आएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७