बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने


२६ जेष्ठ २०७९, बिहीबार
forest
फाइल फोटो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो ।

‘किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो’, उपप्रमुख ज्योति लामिछानेले भनिन् । बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निणर्य गरेको थियो । धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान गर्न लागिएको लामिछानेको भनाइ छ ।

खेतीयोग्य जमिन टुनी, चिमल, मौवा, उतिस, बाँसलगायत रुख बिरुवाले भरिँदै गएको छ । यसका साथै नगर प्रहरीका लागि समेत कार्यविधि बनाइने निणर्य गरिएको प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७