मेलम्चीमा गए रातिको बर्षाले फट्टेको पुल बगायो, यो वर्ष पनि शुरु भयो त्रासदी


२६ जेष्ठ २०७९, बिहीबार
khola

सिन्धुपाल्चोक । गए राति परेको लगातारको वर्षाले मेलम्ची-११ फट्टेमा खोला तर्न ढलमाथि माटो हाली बनाइएको अस्थायी संरचना बगाएको छ । यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका-६ वडाका नागरिक प्रभावित भएका छन् ।

यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँचपोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् । मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ । गत वर्ष असार १ मा आएको बाढीले यहाँको पुलहरू बगाएको थियो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ ।

मेयर तामाङका अनुसार यो वर्ष पनि गत वर्ष जस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ । यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण भने असहज रहेको उनले बताएका छन् ।

‘हामी हेर्न जाँदैछौं, फट्टेको अस्थायी पुलचाहिँ जोखिमपू छ भन्ने खबर आएको छ,’ उनले भने, ‘मेलम्ची तल्लो बजारको चाँही अहिले चल्न सक्छ । फट्टेको पुल केही दिन चल्न सक्ने गरी हामी मर्मत गर्नेछौं ।’ गत वर्षको बाढीले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७