काठमाडौँका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव : नागरिकको मन जितेर काम गर्नुस्


२६ जेष्ठ २०७९, बिहीबार
21 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नम्बर-९ का नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन बिहीबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिएका हुन् ।
‘जनताले विश्वास गरेका छन् । जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि ३२ मध्ये १९ वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिएका छन् । ‘मलजल गरे पार्टी अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस्,’ उनले भने ।
पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतले गरेको त्याग र योगदानलाई नबिर्सन पनि नेता सिंहले जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७