नेपालमा राजसंस्था पुनः स्थापना सम्भव छैन : कमल थापा


२६ जेष्ठ २०७९, बिहीबार
kamal thapa

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । यो व्यवस्थामा अझ बढी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण गरिनु पर्ने बताएका छन् ।

आज (बिहीबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूणर् समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताए । नेपालमा राजसंस्थाको पुनः स्थापना अब सम्भव नरहेको उनको भनाइ थियो ।

थापाले असम्भव एजेण्डा बोक्दा आफै असफल हुने भएकाले राजतन्त्र पुनः स्थापनालाई छोडेर पार्टीले हिन्दु राज्यको एजेण्डा बोकेको जानकारी दिए । हिन्दु राज्य र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने उनले उल्लेख गरे ।

पूर्वराजाका सचिव तथा निर्मल निवासले निरन्तर हस्तक्षेप गरिरहेको भन्दै उनले पार्टीमाथि हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताएका छन् । आफू कुनै एक व्यक्तिको पछि लागेर सती जान नसकेको उनले बताएका छन् ।

उनले थपे, ‘हुँदै नहुने र असम्भव कुराको पछि हामी लाग्न सक्दैनौं । पारसको निम्ति हामी सती जाने ?’, उनले पारस शाहबाट देश विकास हुने कुनै आशा नदेखिएको भन्दै राजसंस्थाको एजेण्डाबाट बाहिरिएको बताएका छन् । नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अरू दलले यसतर्फ ध्यान नदिएकाले राप्रपा नेपालले यो एजेण्डा बोकेको उनको भनाइ छ । राप्रपाले राजतन्त्रको एजेण्डा छोडेमा पार्टी एकता हुन सक्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७