पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड १२ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र


२६ जेष्ठ २०७९, बिहीबार
mugling

काठमाडौं । वर्षासँगै खसेको पहिरोका कारण गए रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अझै खुल्न सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।

जेसीबी लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार गए राति ११ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूणर्रूपमा ठप्प भएको छ । सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र परेका छन् ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भइरहेको जनाइएको छ । पहिरो हटाएर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७