कट्टुभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट एक जना पक्राउ


२६ जेष्ठ २०७९, बिहीबार
gold 1
सांकेतिक तस्वीर

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आएका धुनषाका जितेन्द्रकुमार यादव सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विस्कुट आकारको ४६६.५ ग्राम सुन र सिक्री आकारको ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको जानकारी दिए । बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७