माओवादीको बन्द सूचीमा धेरै महिला, समानुपातिक लड्न खोजेका प्रत्यक्षतर्फ


३० आश्विन २०७४, सोमबार
माओवादी molist

काठमाडाैं : कांग्रेससँग गठबन्धन रहेका वेला माओवादीका धेरैजसो शीर्ष नेता समानुपातिक सूचीमा बस्न खोजेका थिए । तर, एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकतासम्म गर्ने सहमतिपछि धेरै माओवादी नेताले प्रत्यक्ष निर्वाचन लड्ने भन्दै समानुपातिक सूचीबाट आफ्नो नाम हटाएका थिए ।

माओवादी molist

निर्वाचन आयोगको समयसीमाभित्र आइतबार अपराह्न बेलुका ५ बजे पार्टीको समानुपातिक बन्दसूची बुझाएको प्रवक्ता पम्फा भुसालले बताइन् । माओवादीले प्रदेश सभाका लागि २२० र प्रतिनिधिसभाका लागि ११० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रबाट समानुपातिक सूचीमा महिला नेतृ धेरै परेका छन् । सूचीमा दाङबाट रेखा शर्मा, बाँकेबाट पूर्णा सुवेदी, रोल्पाबाट ओनसरी घर्ती र जयपुरी घर्ती, दोलखाबाट देवी खड्काको नाम सिफारिस भएको छ ।

यस्तै, प्युठानबाट मणि थापा, बाँकेबाट तिलक परियार, तनहुँबाट सुरेश आलेमगर, चितवनबाट नारायण दाहाललगायत शीर्ष नेता समानुपातिक बन्दसूचीमा परेका छन् । प्रदेश सभाको समानुपातिकका लागि जाजरकोटबाट कालीबहादुर मल्ल र डोल्पाबाट पूर्वमन्त्री सत्यादेवी पहाडीको नाम बुझाएको एक नेताले बताए ।

अन्तिममा कार्यदलले टुंग्यायो बन्दसूची
माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम छनोट गर्न नेता रामबहादुर थापा बादल नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा सात प्रदेशका इन्चार्जसहित शीर्ष नेता सहभागी थिए । माओवादीको केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी कमिटी व्यवस्थित नभएकाले समानुपातिक उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन जिल्लाबाट प्रदेश हुँदै कार्यदलले आइतबार दिउँसो अन्तिम रूप दिएको थियो ।

जिल्ला पार्टीले बुझाएको नामावली प्रदेश कमिटीमा छलफलपछि अनुमोदन गरी कार्यदललाई बुझाउने अधिकार दिइएको थियो । प्रदेशले अनुमोदन भई आएको नामावली कार्यदलमा रहेका शीर्ष नेताले टुंग्याएका थिए । समानुपातिकमा धेरै नाम सिफारिस गरेपछि प्रदेश र कार्यदललाई सर्ट लिस्ट बनाउन हम्मे हम्मे परेको थियो । शनिबार र आइतबार दिनभरको प्रयासपछि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नामावली पेस गरिएको थियो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७