ढुङ्गाले लागेर विद्यालय जाँदै गरेका विद्यार्थीको मृत्यु


२६ जेष्ठ २०७९, बिहीबार
death

गुल्मी । गुल्मीमा डोजरले फ्याँकेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-३ निवासी १४ वर्षका गगन रायमाझीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माण कार्य भइरहेको सडकमा डोजरले फ्याँकेको ढुङ्गाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायमाझीको सव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान र डोजर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७