भीम रावलको प्रश्न : फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?


२६ जेष्ठ २०७९, बिहीबार
Bhim Rawal

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद भीम रावलले काठमाडौंको फोहोरले संकट सिर्जना गर्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा पनि सरकार समाधानका उपायबारे नबोलेको लगाए ।

काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूला-ठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्री ज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ’, रावलको प्रश्न छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७