बञ्चरेडाँडाबाट आज पनि फोहोर बोकेका गाडी फिर्ता


२६ जेष्ठ २०७९, बिहीबार
sisdol

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा हिंडेका फोहोर बोकेका गाडी आज पनि फिर्ता भएका छन् । स्थानीयले सडकमा छेकबार लगाएपछि कन्टेनर जान नसकेका हुन् । बुधबार पनि स्थानीयको अवरोधपछि कन्टेनर फोहोरसहित काठमाडौं नै फिर्ता भएका थिए ।

‘स्थानीयले अवरोग गरेपछि आज पनि फोहोरका कन्टेनर फर्किए,’ महानगरका प्रवक्ता महेश काफ्लेले भने, ‘प्रहरी-प्रशासन लगाएर पनि फोहोर व्यवस्थापन गर्न कठिन पर्‍यो ।’ उनले स्थानीयका सबै समस्या महानगरले सम्बोधन गर्न नसक्ने र उक्त जिम्मेवारी महानगरको नभएको बताउँदै यसबारे शहरी विकास मन्त्रालयले चासो दिनुपर्ने बताए ।

लामो समयदेखि फोहोर फालिँदै आएको सिसडोल भरिएपछि एक साताअघिदेखि नयाँ ल्याण्डफिल्ड साइट बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको थियो । तर, स्थानीयले फोहोरका कन्टेनर रोकेपछि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित बनेको छ । बञ्चरेडाँडाका स्थानीयले महानगरले आफूहरुसँग फोहोर व्यवस्थापनका विषयमा सल्लाह र सहमति नगरी बाहिर-बाहिरै छलफल र सहमति गरिएको आरोप लगाएका छन् । उनीहरुले स्थानीयलाई दमन गरेर फोहोर फ्याँक्ने कोशिस गरिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७