पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो


२६ जेष्ठ २०७९, बिहीबार
mugling

काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गतको नारायणघाट-मुग्लिन सडक खुलेको छ । पहिरो पन्छाएर १२ः०५ बजेतिरबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनबाट दुई किलोमिटर काठमाडौंतर्फको घोप्टे भीरमा राति ११ बजे पहिरो खस्दा सो सडक अवरुद्ध भएको थियो। यस्तै, इच्छाकामना ६ तोपेखोलास्थित नान्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७