चुनावमा उठेको ‘लौरो’ नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो : सांसद खतिवडा


२६ जेष्ठ २०७९, बिहीबार
narayan prasad khatiwada

काठमाडौँ । प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।

आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध जनाए । खतिवडाले स्थानीय निर्वाचनमा उठेको चुनाव चिन्ह ‘लौरो’ अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको पनि बताएका छन् ।

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि बेथिति हुँदै आएको भन्दै खतिवडाले स्थानीय जनताको जायज माग सम्बोधन गरेर फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गरे । ‘जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुुनीबेसीको बीच बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयमा नुवाकोटे जनताहरूमाथि प्रहरी दमन भएको छ,’ उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७