बञ्चरेडाँडामा पक्राउ परेका ढुङ्गानासहितलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए


२६ जेष्ठ २०७९, बिहीबार
banchare danda

काठमाडौँ । काठमाडौंको फोहोर विर्सजनमा अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जना २२ घण्टापछि छुटेका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुङ्गाना, श्रीकृष्ण बजगाई र तपन उप्रेती छुटेका हुन् । फोहोर फ्याँक्न अवरोध गरेको भन्दै बुधबार प्रहरीले पक्राउ गरी उनीहरुलाई नुवाकोट प्रहरी चौकीमा राखिएको थियो ।

बुधबार प्रहरी र स्थानीयबीच झडप हुँदा बञ्चरेडाँडा तनावग्रस्त बनेको थियो । अध्यक्ष ढुङ्गानाले प्रधानमन्त्रीले वार्ता गर्न बोलाएको भन्दै आफूहरु छोडिएको जानकारी दिए । ‘प्रहरीले प्रधानमन्त्रीसँग वार्ता गनुपर्ने भन्दै हामीलाई छोडिएको छ’, उनले भने, ‘वार्ता गरेर कसरी फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे बोलाएको कुरा बाहिर आएको छ ।’

‘प्रधानमन्त्रीकहाँ वार्ता गर्ने र तपाईहरु त्यहाँ जानुपर्छ भनेर उहाँहरुले भन्नु भएको छ,’ ढुङ्गानाले भने, ‘काठमाडौं बोलाइएको भए पनि कहाँ बस्ने र कसरी वार्ता हुने भन्नेबारे केही पनि जानकारी भएको छैन ।’ काठमाडौंको फोहोर बोकेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा लैजान सकिएको छैन । गए रातिको वर्षातले बाटो अवरुद्ध भएपछि फोहोरका ट्रकहरु काठमाडौंबाट हिँडेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७