खुमलटार पुगेर अमेरिकी राजदूत बेरीले भेटे प्रचण्ड


२६ जेष्ठ २०७९, बिहीबार
prachanda berry

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार नेपाल आइपुग्नुअघि नै राजदूत बेरी खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेका हुन् ।

दुई जनाबीचको भेटवार्ता भए भए पनि के कुराकानी भयो भन्नेबारे दुवैले खुलाएका छैनन् । अमेरिकी दूतावास स्रोतले भेटबारे पुष्टि गरे कुराकानीबारे बोल्न चाहेन । प्रचण्डको सचिवालय पनि भेटबारे मौन छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण तयारी भइरहेका बेला फ्लिनको आगमन र राजदूतको सक्रियतालाई अर्थपूणर् रुपमा हेरिएको छ ।

नेपालले सहायता परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेपछि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बढाउने जनाएको छ । एमसीसीलाई अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडेर नेपालमा चर्चा भइरहेका बेला सैन्य कमाण्डर फ्लिन चार दिनेभ्रमणमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७