चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु


२६ जेष्ठ २०७९, बिहीबार
chatyang

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका-३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ । गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७