मन्त्रीसँग सांसद जंगिदा सिंहदरबारमा तनाव, बोतल बजारेपछि बोलाइयो प्रहरी


२६ जेष्ठ २०७९, बिहीबार
105 Shares
mantri

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसदले आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै मन्त्रीसँग चकाचर्की परेपछि सिंहदरबारमा तनाव भएको छ ।

बारा क्षेत्र नम्बर- ३ बाट प्रतिनिधित्व गर्ने जसपा सांसद रामबाबु यादवले आफ्नो क्षेत्रको एउटै योजनामा पनि बजेट नपारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसँग जंगिएपछि सिंदरबारमा तनाव सिर्जना भएको हो । मन्त्री श्रेष्ठ पनि जसपाकै शीर्ष नेता हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिहीबार दिउँसो निलम्बित सांसद हरिनारायण रौनियारसहित यादव मन्त्रालय पुगेका थिए । आफूले मन्त्रालयमा समयमै योजनाका लागि निवेदन दिएको भए पनि बजेटमा नपारिएको भन्दै सांसद्वय यादव र रौनियारले मन्त्रीसँग जंगिएका थिए । मन्त्रीले प्रष्ट जवाफ दिन नसकेपछि सांसद यादवले टेबल ठटाउँदै बोतल टेबुलमा बजारेका थिए । तत्कालै मन्त्रीको सचिवालयबाट सुरक्षाका लागि सिंहदरबार सुरक्षा गणमा खबर गरिएको थियो । मन्त्रालय पुगेको प्रहरीलाई मन्त्री श्रेष्ठ आन्तरिक कुरा भन्दै फिर्ता पठाएका थिए ।

ncll 2

यादवले आफ्नो निर्वाचन क्षेत्रमा एउटै बजेट पनि नपरेपछि मन्त्रालय धाउनु परेको बताएबम छन् । निलम्बित सांसद रौनियारले समानुपातिक मन्त्री बन्ने, निर्वाचित सांसदहरु फुटपाथमा घुम्ने भन्दै आक्रोश पोखेका थिए । उनले पार्टीका मन्त्रीको कार्यशैलीका कारण सबै सांसदहरु असन्तुष्ट रहेको बताए ।

jagdamba.cement

प्रहरीको उच्च स्रोतले पनि सुरक्षाका लागि मन्त्रीको सचिवालयबाट खबर आएको बताए । ‘सामान्य प्रशासन मन्त्रालयबाट तत्काल प्रहरी पठाइदिन खबर आयो । प्रहरी निरीक्षकको कमाण्डमा मन्त्रीको कार्यकक्षमा टोली पुग्यो । प्रहरीलाई देखेपछि मन्त्री ज्यूले यो आन्तरिक कुरा हो । तपाईंहरु जानुस् भनेर फिर्ता पठाउनु भयो,’ प्रहरीले स्रोतले भन्यो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७