विश्वकप क्रिकेट लिग टूमा नेपाल आज ओमानसँग खेल्दै


२६ जेष्ठ २०७९, बिहीबार
nepal rohit1631588243

 काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गतको सिरिजमा नेपालले आज (बिहीबार) ओमानसँग खेल्दैछ । अमेरिकाको ह्युस्टनमा रहेको मोसा क्रिकेट मैदानमा नेपाल र ओमानको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले खेल्न बाँकी सबै खेल खेल्न समयका कारण नपाउने भएकाले जित प्रतिसतका आधारमा विश्वकप छनोट हुने टिम तय गर्ने अन्तराष्ट्रिय क्रिकेट परिषदको तयारी छ । त्यसैले पनि नेपालका लागि यो सिरिजका सबै खेल महत्वपूर्ण रहेको नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका छन् ।

दुबै देश जितका साथ सिरिज शुरु गर्न चाहन्छन् । पछिल्ला चार खेलमा नेपालले ओमानलाई एक पटक मात्र जित्न सकेको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई उसकै मैदानमा २०२१ को सेप्टेम्बरमा ७ विकेटले हराएको थियो । नेपालका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् ।

नेपालको ओपनिङ लाइनअप सुवास खकुरेल र सुनिल धमलाले सम्हाल्ने निश्चित जस्तै छ । सिरिजको दोस्रो खेल नेपालले अमेरिकासँग पर्सि शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग आउँदो मंगलबार र अन्तिम खेलमा अमेरिकासँग जुन १५ मा खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७