बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा भोलि स्थानीयसँग वार्ता


२६ जेष्ठ २०७९, बिहीबार
banchare danda

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न देखिएको समस्या समाधानका लागि भोलि बञ्चरेडाँडाका स्थानीय वार्ता हुने भएको छ ।

सुरक्षाकर्मीको पहरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालिएपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । स्थानीयको सहमति बिना बञ्चरेडाँडामा फोहोर फालेको भन्दै स्थानीयले फोहोर बोकेका गाडीलाई अवरोध सिर्जना गर्दै आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार र बुधबार फोहोर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो । विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच भोलि वार्ता हुने भएको हो ।

भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो । तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७