घरबेटीको मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु


२६ जेष्ठ २०७९, बिहीबार
Dubera bepatta
सांकेतिक तस्विर

बाँके । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हुम्ला सिमिकोट-८ घर भई हाल नेपालगञ्ज-१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका-४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७