आगलागीमा परी सातको मृत्यु ४६ जना घाइते


२७ जेष्ठ २०७९, शुक्रबार
fire

सोल । दक्षिण कोरियाको दक्षिण पूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनुको साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ ।

हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनुको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७