कांग्रेस समानुपातिक सूचीमा नेता सिटौलादेखि खाणसम्म


३० आश्विन २०७४, सोमबार
congress samanupatik candidate

काठमाडाैं : कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने शीर्ष नेता समानुपातिक सूचीमा परेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ झापा ३ बाट जितेका कृष्णप्रसाद सिटौलालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएको छ ।congress samanupatik candidate

आफ्नो नाम समानुपातिकमा राखिएपछि सिटौलाले सभापति शेरबहादुर देउवासँग असहमति जनाएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । सिटौलाले जितेको झापा ३ मा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई दिने, मकवानपुर १ कमल थापा, काठमाडौं ७ र बाँके ३ राप्रपालाई दिएर तालमेल गर्ने तयारी कांग्रेसको छ ।

सिटौलाबाहेक केबी गुरुङ, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, सुरेन्द्र पाण्डे, सुजाता कोइराला, चित्रलेखा यादव, डा. डिला संग्रौला, मीना पाण्डे, सुजाता परियार, लक्ष्मी परियारसहितका नेताको नाम समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ । कांग्रेसको सूचीमा परेको केही नाममा हेरफेर हुने बताइएको छ । कोइराला र यादव दुवै यसअघि समानुपातिकतर्फबाट सांसद बनेका थिए । दुवैलाई प्रत्यक्षमा उठाउने चर्चा कांग्रेसमा छ ।

सभापति देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई विश्वासमा लिएर उम्मेदवार सिफारिस गरेपछि सिटौलासहितका नेता असन्तुष्ट बनेका छन् । ‘विधि, प्रक्रिया केही नभनी एकलौटी रूपमा रामचन्द्र दाइलाई विश्वासमा लिएर समानुपातिकमा आफूनिकटका नेता पारिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउनु त कता हो कता, संसदीय समितिका २२ सदस्य सबैलाई थाहा दिइएको छैन ।’ देउवानिकट नेता डा।प्रकाशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की हाबी भएका हुन् । पौडेलतिरबाट डा। रामशरण महत, डा। शेखर कोइराला र डा। मीनेन्द्र रिजाल खटिएका थिए ।

निर्वाचन आयोग हलमा महत दाजुुभाइको रस्साकस्सी
कांग्रेसको समानुपातिकतर्फतको बन्दसूचीमा गुटगत हाबी देखिएको छ । आइतबार मध्यरातसम्म पनि संसदीय समितिका सदस्यहरू उम्मेदवारको नाम थप्ने र काट्नेमा व्यस्त देखिए । समितिमा सदस्य रहेका डा।महत दाजुभाइबीच उम्मेदवारको नाम थप्ने र काट्न रस्साकस्सी चलेको थियो । दाजु यो ना उम्मेदवारमा राख्नुपर्छ भनी सच्याउँथे भने भाइ महत हुँदैन भन्दै काट्थे । डा।रामशरण महतलाई समितिका अर्का सदस्य डा।मिनेन्द्र रिजालले सहयोग गर्थे । समितिमा रहेका सदस्यहरू सीतादेवी यादव, एनपी साउद, फरमुल्लाह मन्सुर मध्यरातसम्म आयोगको सभाहलमा नाम थप्ने र काट्नेमा व्यस्त थिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७