कङ्गामो हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु


२७ जेष्ठ २०७९, शुक्रबार
death

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् । उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए ।

पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७