नेपाल ओमानसँग १३ रनले पराजित


२७ जेष्ठ २०७९, शुक्रबार
Nepal Cricket Team 0ZJTzDYoMG

काठमाडौं । विश्वकप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १०४ रनको शतकीय पारी खेले ।

यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७