पर्यटन प्रवद्र्धनको लागी टानले पर्यटकीय क्षेत्रमा सरसफाई कार्यक्रम गर्ने


१५ चैत्र २०७४, बिहीबार
taan

काठमाडौं: ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले जागरण सरसफाई तथा सचेतना कार्यक्रम गर्ने भएको छ ।taan

टानले यहि चैत १७ गते शनिबार काठमाडौं उपत्यकाको मुख्य पर्यटकीय केन्द्र ठमेल क्षेत्रको सरसफाई तथा जनचेतनामूलक अभियानबाट कार्यक्रमको शुभारम्भ गर्न लागेको हो । अभियानको शुभारम्भ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा हुने टानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

पर्यटन र वातावरण एकअर्कासंग अन्तरसम्बन्धित भएकाले देशभरिका पर्यटकीय गन्तब्यहरुलाई स्वच्छ, आकर्षक र हराभरा बनाउन सकेमात्र पर्यटकीय सम्पदाको प्राकृतिक स्वरुपमा प्रवद्र्धन गर्न सकिने भन्दै टानले अभियान सञ्चालन गर्न लागेको हो ।
आगामी दिनमा तालिकाबद्ध रुपमा नियमित सरसफाई तथा सचेतना अभियान सञ्चालन गरिने पनि टानले जनाएको छ । दुषित वातावरणमा पर्यटन बाँच्न नसक्ने भएकाले आफुहरुको कर्मथलो पर्यटन क्षेत्रलाई दीर्घकालिन रुपमा बचाईराख्नु आफ्नो तायित्व रहेको टानको भनाई छ ।
बढ्दो प्रदुषण र शहरीकरणले पर्यटकहरुलाई मानसिक रुपमा असर पुर्याउने भएकाले पर्यटकहरुको आगमन हुने विभिन्न प्रमुख पर्यटकीय क्षेत्रहरु साथै काठमाडौं बाहिरका क्षेत्रहरुमा पनि जागरण सरसफाई तथा सचेतना अभियानको नेतृत्व टानले लिएको छ । अभियान अन्य पर्यटकीय क्षेत्रहरुमा पनि नियमित रुपमा गरिने टान नेतृत्वले बताएको छ । टानको नेतृत्वमा हुने उक्त कार्यक्रमको संयोजक पिके शेर्पा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७