मेसी बिनाको अर्जेन्टिना स्पेनसँग लज्जास्पद पराजित


१५ चैत्र २०७४, बिहीबार
4A9EA8DC00000578 0 image m 1 1522192829147

 

एजेन्सी: विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा स्पेनसँग लज्जास्पद पराजय व्यहोरेको छ। 4A9C151400000578 0 Diego Costa put Spain 1 0 up in the 12th minute when he buried t a 28 1522182339946

चोटका कारण स्टार स्ट्राइकर लियोनल मेसी बिनै मैदान उत्रिएको अर्जेन्टिना स्पेनसँग ६–१ ले पराजित भएको हो ।

स्पेनको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनका इस्कोले ह्याट्रिक गरे। यस्तै डिएगो कोस्टा, थिएगो एलकान्तारा र इएगो एस्पासले एक एक गोल गरेका थिए। अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले एक गोल फर्काए ।

खेलको १२ औँ मिनेटमा कोस्टाको गोलबाट स्पेनले सुरूवाति अग्रता लिएको थियो। इस्कोले २७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३९ औँ मिनेटमा ओटामेन्डीले अर्जेन्टिनाका लागि १ गोल फर्काएपछि पहिलो हाफमा २–१ को अग्रता स्पेनले लियो।

दोस्रो हाफमा थप आक्रमक बनेको स्पेनले चार गोल गर्‍यो। खेलको ५२ औँ मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो तथा ५५ औँ मिनेटमा एलकान्ताराले गोल गरेपछि स्पेनको अग्रता ४–१ मा पुर्‍यायो।

७३ औं मिनेटमा एस्पासले गोल गरे भने त्यसको एक मिनेटपछि इस्कोले ह्याट्रिक पूरा गगर्दै स्पेनलाई ६–१ को महत्वपूर्ण जित जिलाए। सन् २०१० मा विश्वकप जितेको स्पेन पछिल्ला १८ खेलमा अपराजित छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७