अष्ट्रेलियान कप्तानका लागि वार्नर आजीवन अयोग्य, मागे माफी


१५ चैत्र २०७४, बिहीबार
devid warner

 

एजेन्सी: दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा गरेको बेइमानीका कारण क्रिकेट अष्ट्रेलियाको शिर निहुरिएको छ ।

बल टेम्परिङ गर्ने क्यामरुन बेनक्राफ्टमाथि ९ महिना र निवर्तमान कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लागेको छ ।devid warner

तर, बल टेम्परिङको योजनाकार डेभिड वार्नर भएको खुलेको छ । यससँगै क्रिकेट अष्ट्रेलियाले उनीमाथि अर्को प्रतिवन्ध लगाएको छ, त्यो हो जीवनभर अष्ट्रेलियाको कप्तान हुन नपाउने ।

क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न लागेको प्रतिवन्ध समाप्त भएको कम्तिमा १२ महिनासम्म स्मिथ र बेनक्राफ्टको नाम कप्तानका लागि सोचिने छैन ।’

साथै कप्तान बनाउँदा पनि विभिन्न शर्तहरु हुनेछन् । उनीहरुको र्फमका साथै प्रशंसक र जनताको स्वीकार्यताका साथै खेलाडीहरुको स्थिति लगायतलाई ध्यान दिइने उसले बताएको छ ।

तर, वार्नर भने कहिल्यै कप्तान हुने छैनन् । उनले नै बल टेम्परिङ गर्ने योजना बनाएर जुनियर खेलाडी बेनक्राफ्टलाई त्यसका लागि उक्साएको पाइएको छ ।

गल्ती स्वीकार्दै वार्नरले मागे माफी

बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्षे निलम्बनमा परेका अष्ट्रेलियाली पूर्वउपकप्तान डेभिड वार्नरले गल्ती स्वीकार्दै माफी मागेका छन्।

सामाजिक सञ्जाल इस्टाग्राममा स्टाटस लेख्दै वार्नरले आफूबाट गल्ती भएको उल्लेख गर्दै त्यसका लागि माफी मागेका हुन्।

‘क्रिकेटलाई नराम्रो असर पर्ने गल्तीहरू भए, मेरातर्फबाट भएका गल्तीको म जिम्मा लिन्छु माफी माग्छु,’उनले लेखेका छन्।

वार्नरले बल टेम्परिङ प्रकरणले प्रशंसकलाई लागेको दुःख आफूले बुझेको पनि बताएका छन्।उनले अब परिवार, साथीभाइ र विश्वासिला सल्लाहकारसँग समय बिताउने जानकारी दिएका छन्।दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगारेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो।

विवादमा फसेका उनीहरूलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले स्टीभ स्मिथ र डेविड वार्नरलाई दक्षिण अफ्रीकाविरूद्ध जारी चौथो टेस्टमा कप्तान र उपकप्तानबाट हटाएको थियो।

आइसिसीले स्मिथलाई म्याच फिको सतप्रतिशत र एक खेल प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७