श्रीलंकालाई मल किन्न भारतले दियो पाँच करोड ५० लाख डलर


२९ जेष्ठ २०७९, आईतवार
india srilanka21654946364

नयाँदिल्ली । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो ।

धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७