पोखरामा भ्रष्टाचारविरुद्ध कार्टुन ‘निसाना’ प्रदर्शनी


२९ जेष्ठ २०७९, आईतवार
275888035 559584962071477 1447497848712083510 n scaled

पोखरा । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजना एवं सेन्टर फर मिडिया रिसर्च नेपालको सहयोगमा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा आजदेखि तीनदिने भ्रष्टाचारविरुद्ध कार्टुन ‘निसाना’ प्रदर्शनी सुरु भएको छ ।

भ्रष्टाचारविरुद्धमा सचेतना अभिवृद्धि बढाउने उद्देश्यका साथ आयोजित प्रदर्शनीमा ३६ जना कलाकारका ५० वटा कलाकृति प्रदर्शनमा राखिएको क्लबका उपाध्यक्ष देवेन्द्र थुम्केलीले जानकारी दिए । प्रदर्शनीको एक कार्यक्रमकाबीच शनिबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले उद्घाटन गरे ।

कार्यक्रममा पूर्वकुलपति सरुभक्तले समाजको रुपान्तरणमा कला तथा साहित्यका हरेक क्षेत्रबाट योगदान पुगिरहेको बताए । ललितकला तथा साहित्य क्षेत्रका सबै कलाकर्मीहरूबीच समन्वय र एकता आवश्यक रहेको उनले बताए ।

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले प्रदर्शनीका माध्यमबाट भ्रष्टाचारविरुद्ध सचेतना जगाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठलगायतले भ्रष्टाचारविरुद्धको सचेतनामा प्रदर्शनी बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७