एकीकृत समाजवादी पार्टी आठ महिनामै राष्ट्रव्यापी बन्न सफल भयो : झलनाथ खनाल


२९ जेष्ठ २०७९, आईतवार
jhalanath khal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् ।

हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका-१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको विचार व्यक्त गरे ।

नेता खनालले काठमाडौं-१५ मा जस्तै देशभर एक्लै निर्वाचन लडेको भए पार्टीले अझै राम्रो परिणाम हासिल गर्न सक्ने बताए । कार्यक्रममा पार्टीका सचिव जीवनराम श्रेष्ठले आगामी दिनमा जनप्रतिनिधिले जनताको भावनाअनुसार स्थानीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै घोषणापत्रका विषयलाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रह गरे । उक्त वडामा सो पार्टीको समूह नै विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७