मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना


२९ जेष्ठ २०७९, आईतवार
rain

काठमाडौं । नेपालको प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (आइतबार) प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने जनाइएको छ । प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश, गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७