ग्यास बुलेटको ठक्करबाट हेटौंडामा दुई जनाको मृत्यु


२९ जेष्ठ २०७९, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मकवानपुर । मकवानपुरको हेटौंडामा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
शनिबार साँझ हेटौंडा-९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङको ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले दुबै सवारी साधन र ग्यास बुलेटका चालकलाई नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७