प्रकाशमान सिंहको क्षेत्रमा चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा


२०७९ जेठ २९ आइतबार ११:१३ बजे

काठमाडौं : पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले विवेकशील साझा पार्टीका तत्कालिन संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका थिए ।

सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाए ।

खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् ।

यसअघि विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने घोषणा गरेका छन् । ‘इनफ इज इनफ’ को अभियान्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७