भारत गएका देउवाले दूतावासमा बुच्चे नक्सा टाँसेर फर्किए : खगराज अधिकारी


२९ जेष्ठ २०७९, आईतवार
khagaraj adhikari

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्ली राजदूतावासमा बुच्चे नक्सा टाँसेर आएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री ज्यू भारत जाँदा नेपालको राजदूतावासमा बुच्चेनक्सा टाँसेर उहाँ आउनु भएको छ’ यसको जवाफ सत्ता पक्षका माननीय ज्यूहरुले दिन सक्नुहुन्छ ? सक्नु हुन्न भने तपाई नुन खाएको कुखुरा जस्तै हो कि होइन ?’

सरकारले प्रस्तुत गरेको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत कार्यक्रमको चर्चा गरेका थिए । देउवा भारत गएका बेला दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नसमेटिएको बुच्चे नक्सा टाँसिएको थियो । त्यसलाई लिएर चर्को विरोध भएपछि दूतावासले हटाएर नयाँ चुच्चे नक्सा टाँसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७