स्मृति कोष निर्माण गर्न ‘गणेश इशारा राई अल नेपाल एकल कमेडी शो–२०७९’ कार्यक्रम

नारायण लिङखा देवान
काठमाण्डौ, २८ जेठ । हाँस्यकलाकार गणेश इशारा राईले स्मृति कोष निर्माण सहयोगार्थ ‘गणेश इशारा राई अल नेपाल एकल कमेडी शो–२०७९’ कार्यक्रम गरेका छन् । कलाकार ईशाराले काठमाडौको जमलमा रहेको नाचघरमा शनिबार आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ अक्षयकोष स्थापना गर्न कार्यक्रमको आयोजना गरेका हुन् । यसअघि कोभिड–१९ को महामारीको कारण कार्यक्रम रोकिएको थियो ।
दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका इशारा गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ मा अभिनय गरिसकेका हास्य कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पीडितहरुलाई उपचार र सहयोग गर्ने सफल एक समाजसेवी तथा कलाकार हुन् ।
उनले यस अक्षयकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यामा परि भैपरि आउने दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले अक्षकोष निर्माण गरेको कार्यक्रममा उनले बताए ।
यसैगरी कार्यक्रममा विभिन्न विशिष्ट ब्याक्तित्वका साथ वरिष्ठ कलाकारहरुहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेमा भोजपुर जिल्लाका साहित्यकार अमर बान्तुलाई ५१ हजार रुपैयाँको सहित विशिष्ट स्रष्टा सम्मान–२०७९, पत्रकार महासंघ नेपाल ललितपुरका कार्यसमिति सदस्य तथा प्रेस सेन्टर नेपालका नारायण लिङखा देवानलाई विशिष्ट मिडिया कर्मी सम्मान र कार्यक्रम प्रस्तुती दिने कलाकारहरुलाई समेत प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा विभिन्न नृत्य, प्रहसन, गीतका साथै गणेश इशारा राईबाट हास्य कार्यक्रमले दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएको थिए ।
कार्यक्रममा सफल महिला उद्यमी, वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत, सांस्कृतिक संस्थानका महाप्रवन्धक असोक प्यासी राई, सशस्त्र प्रहरी बलका पूर्व महानिरिक्षक दुर्ज कुमार राई, वरिष्ठ गीतकार समेत रहेका नेपाल प्रहरीका एसएसपी टेक बाहादुर तामाङ, वरिष्ठ संगीतकार तथा नायक दिनेश काजी बान्तवा, आदिवासी जनजाती महासंघ यु. के.का पूर्व अध्यक्ष तथा एनआरएनए युकेका विशिष्ट सल्लाहकार जंग सुनुवार, नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य तथा नेपाल मानव अधिकार संगठन ललितपुरका अध्यक्ष कृष्ण हरि अर्याल, सह सचिव सुहाङसो देवान, अपाङ्ग मैत्री नेपालका अध्यक्ष समाजसेवी काजीलाल श्रेष्ठ लगायत उपस्थिती रहेको थियो ।
‘जो धेरै हाँस्छ, उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ गरिएको कार्यक्रमलाई रोकिबा मल्टी प्रपोजले प्रायोजन गरेको थिए भने एक्सन ईन्टरटेटमेन्ट, झर्ना कला केन्द्र र जुनतारा सांस्कृतिक सेवा समाजले संयुक्त आयोजना गरेको