कार्यकर्तालाई देउवाको आग्रह : कांग्रेसको एकलौटी सरकार होइन, नबुझी धेरै दावी गर्नु भएन


२९ जेष्ठ २०७९, आईतवार
21 Shares
Deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । ‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझीकन धेरै दाबी गर्नु भएन’, सम्मेलनमा आफूभन्दा अगाडि बोल्ने मजदुर नेताहरुलाई सम्झाउँदै देउवाले भने, ‘अहिलेको गठबन्धन सरकारको बाध्यतालाई तपाईंहरुले बुझिदिनु पर्‍यो ।’

नेपाल टे्रड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं शुरु राष्ट्रिय सम्मेलनमा उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रुस-युक्रेन युद्धले श्रम बजार प्रभावित भइरहेकाले श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताए ।

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए । सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास आफूले लिएको उनले बताए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७