प्रदेश-१ सरकारको नीति तथा कार्यक्रम वहुमतले पारित


२०७९ जेठ २९ आइतबार ०९:०७ बजे

मोरङ । प्रदेश-१ सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आर्थिक वर्ष २०७९/०८० को लागि सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो ।

प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिएसँगै मुख्यमन्त्री राजेन्द्रकुमार राईले पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री राईले सरकारले सकेसम्म सबै क्षेत्र र विषयलाई वार्षिक नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रयास गरेको बताए ।

‘तर, धेरै र स्रोत अभावबीच नै अघिल्लो सरकारले ल्याएका कतिपय कार्यक्रमका कारण समस्या आएको हो’, राईले भने, ‘त्यो दायित्व समेत आफैं लिएर जनअपेक्षा सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’

राईले सरकार फेरिएपनि धेरै कार्यक्रम निरन्तर चल्नुलाई सामान्य रूपमा लिनुपर्ने बताए । सदनमा प्रमुख विपक्षी नेकपा (एमाले) का तर्फबाट प्रस्तुत संशोधन प्रस्तावलाई स्वीकार गर्दै केहीलाई भने सदनले बहुमतद्वारा अस्वीकृत गरिदिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७