१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, घटना बाहिरिन नदिन जबरजस्ती गर्भपतन


२९ जेष्ठ २०७९, आईतवार
Rape for nayapage

बारा । बाराकी एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरी जबरजस्ती गर्भपतन गराइएको पाइएको छ । प्रसौनी गाउँपालिका-५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिका-२ का अन्दाजी २५/२६ वर्षीय भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामुहिक बलात्कार गरेका अनुसन्धानबाट खुलेको छ ।

बलात्कारपछि गर्भवती भएकी किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डा. ओम प्रकाश महत्तोकोमा लगेर गर्भपतन गराएका हुन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीले आफूमाथि भएको ज्यादतिबारे अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डा. महत्तो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

city

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशीक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए । पीडित किशोरीकी आमाका अनुसार, बलात्कार तीन महिना पहिले भएको भए पनि आरोपित युवकले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु-कर्मबारे कसैलाई पनि जानकारी गराएकी थिइनन् ।

jagdamba.cement

तर, दुई दिन पहिले अचानक महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकलाई भेटेर आफू गर्भवती भएको जानकारी गराएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महत्तोकोमा लगेर गर्भपतन गराएको किशोरीले बताएकी छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७